रौतहट- गुजरा नगरपालिका-३ पशुपतिटोलमा ट्याक्टरबाट खस्दा सोही ट्याक्टरको चक्काले किचेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा रौतहटकै गुजरा नगरपालिका-४ का ३२ वर्षीय जगत चौधरी रहेका छन्। सप्तरीको कंकालीमाई मन्दिरबाट वनभोज खाएर फर्किएकाहरु चढेको ना ६ त ५८४२ नम्बरको ट्याक्टरले किच्दा उनको मृत्यु भएको हो।
दुर्घटनापश्चात् फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।