काठमाडाैं– नेपाल इन्भेष्टमेण्ट बैंकले जुम्ला, बझाङ, प्यूठान र दाङमा गरी ४ वटा जिल्लामा थप शाखा विस्तार गरेको छ।
ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले जुम्लाको हिमा गाउँपालिकास्थित कालीकाखेतु, बझाङको केदारसीउ गाउँपालिकास्थित झोता, प्यूठानको नौबहिनी गाउँपालिकास्थित बाहाने र दाङको शान्तिनगर गाउँपालिकास्थित शान्तीनगरमा शाखा खोलिएको बैंकले जनाएको छ।
योसँगै अब प्रदेश १ मा ९ वटा, प्रदेश २ मा ६ वटा, प्रदेश ३ मा ३५ वटा, गण्डकी प्रदेशमा ६ वटा, प्रदेश ५ मा ११ वटा, कर्णाली प्रदेशमा ५ वटा र प्रदेश ७ मा ५ वटा शाखा पुगेको छ। हालसम्म ४५ वटा जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको बैंकले जनाएको छ।
८ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकले १ सय १ वटा एटिएम, ७ वटा एक्स्टेन्सन काउन्टर तथा ७७ वटा शाखामार्फत सेवा दिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।