काठमाडौं- सरकारले भारत तथा तेस्रो मुलुकबाट वस्तु आयात गर्दा प्रतितपत्र (एलसी) खोल्नुपर्ने नयाँ सीमा कायम गरेको छ।
आगामी आर्थिक वर्ष (आव) २०७५/७६ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले तेस्रो मुलुकबाट ४० हजार अमेरिकी डलरभन्दा माथिको सामान आयात गर्नुपर्दा अनिवार्य रूपले प्रतीतपत्र मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ।
त्यस्तै, भारतबाट ५ करोड भारुभन्दा बढीको वस्तु आयात अनिवार्य रूपले एलसी मार्फत गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
नेपाल सरकारका विकास आयोजना सञ्चालन गर्ने सरकारी निकायले स्वीकृत सेवा खरिदका लागि एलसी खोल्दा यस बैंकको स्वीकृति लिनुनपर्ने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ।
यसैगरी वाणिज्य बैंकहरूले औद्योगिक कच्चा पदार्थ आयात गर्न विदेशी मुद्रामा प्रवाह गर्ने कर्जाको अवधि ९० दिनबाट बढाएर १ सय ८० दिन बनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।