काठमाडौं– प्राकृतिक विपद्मा परी पछिल्लो ९ दिनमा नेपालमा ५० जनाले ज्यान गुमाएका छन्। ९ जना बेपत्ता छन्।
गृह मन्त्रालयका अनुसार १८ गते यता ५० जनाको मृत्यु भएको हो। २२ जना घाइते भएको मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।
बाढी, पहिरो, डुबान, चट्याङ जस्ता प्राकृतिक विपद्बाट उनीहरुले ज्यान गुमाएका हुन्।
१८ गतेदेखिको अविरल वर्षापछि ३६ जिल्ला प्रभावीत भएका छन्। उद्धारका लागि सेनाका हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए। प्रभावीत क्षेत्रहरुमा तालिमप्राप्त सुरक्षाकर्मीहरु उद्धारका लागि खटाइएको गृह मन्त्रालयले जनाएको छ।
प्रभावीतहरुलाई तत्काल राहत सामाग्री, खाद्यान्न, टेन्ट लगायत अत्याबश्यक सामाग्री वितरण गरिदै आएको मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।