काठमाडौं– काठमाडौंको जडिबुटीमा मंगलबार दिउँसो टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएको छ। करिब डेढ बजेको समयमा भक्तपुरबाट कोटेश्वरतर्फ आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको टिप्परले बा ८५ प ७१६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकलमा सवार भक्तपुरका १८ वर्षिय रोयल सुवेदीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। दुर्घटनामा गम्भिर घाइते भएका सुवेदीको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो। दुर्घटनाका १८ वर्षिय मोटरसाईकल चालक अमन ढुङ्गेल गम्भीर घाइते छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको ट्राफिक महाशाखाका एसपी सरेन्द्र मैनालीले बताए।
जडिबुटीमा टिप्परका कारण बारम्बार दुर्घटना हुँदै आएको छ। दुर्घटनामा मोटरसाइकल तथा स्कुटर चालकहरुले ज्यान गुमाएका गरेका छन्। तिव्र गतिमा लापरबाही तरिकाले टिप्पर चलाउने भएकाले दुर्घटना धेरै हुने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।