राजविराज– सप्तरीको राजविराजमा असार २८ देखि ‘मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ हुने भएको छ।
प्रतियोगिताका लागि सप्तरीमा पहिलो पटक ‘अक्सन’ का माध्यमबाट खेलाडी छनोट गरिएको छ। बोदे बर्साइन थन्डर्स, बजाज खडक वारियर्स र तिलाठी कोइलाडी हिरोजले प्रतियोगितामा सहभागिता जनाउने छन्।
अक्सनका लागि कुल १ सय ५६ खेलाडिले आवेदन दिएका थिए। ती मध्ये ४८ जनालाई ‘अक्सन’ मार्फत बिभिन्न टिमले खरिद गरेको सप्तरी क्रिकेट संघले जनाएको छ। जसमा सप्तरीका ३६ र सप्तरी बाहिरका १२ जना खेलाडी छन्।
राष्ट्रिय क्रिकेट टिममा समेत खेली सकेका मेहबुब आलमलाई तिलाठि कोईलाडी हिरोजले खरिद गरेको छ भने सिद्धान्त लोहनीलाई बोदे बर्र्साइन थन्डर्स र हासिम अन्सारीलाई बजाज खडक वारियर्सले खरिद गरेको संघका सचिव आयुष श्रेष्ठले बताए।
सप्तरी क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमलाई आकर्षक पुरस्कारको ब्यवस्था गरिएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।