काठमाडौं– लाखाै रुपैयाँ पर्ने बहुमूल्य पत्थर रुबीको कारोबारमा संलग्न ९ जनालाई प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा बुझाएको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गले आइतबार उनीहरुलाई ठमेलबाट पक्राउ गरेको थियो।
पक्राउ परेकाहरुबाट १ सय १० क्यारेटको ४ वटा रुबी बरामद भएको र त्यसको मूल्य करिब २२ लाख रुपैयाँ बराबरको भएको प्रहरीले जनाएको छ। रुबीलाई ‘पत्थरको रानी’ मानिन्छ।
करोडौं मूल्य पर्ने भएकाले गुन्डागर्दीमा संलग्न व्यक्तिहरुसमेत मिलेर त्यसको अवैध कारोबारको प्रयास गरेको दरबारमार्ग वृत्तका डिएसपी दानबहादुर मल्लले बताए।
पक्राउ पर्नेहरुमा जाजरकोट स्थायी घर भएका पदमबहादुर थापा, अमृतबहादुर बुढा, प्रदीप कुमार बोहरा, हुम्लाका सरोज कार्की, बाँकेका जीवन शर्मा, गोरखाका सुमन तामाङ, रुकुमा मनोज बोहरा, काठमाडौं टोखाका राजाराम सिलवाल र डोल्पाका भिम बोहोरा छन्।
सबैलाई थुनामा राखी राजश्व अनुसन्धान विभागले कारबाही अघि बढाएको छ।
-२२ लाख हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।