काठमाडौं- राष्ट्रिय जनता पार्टी, नेपालले आगामी शनिबार पार्टी संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ।
एक हप्ताभित्र दलको नेतासहितका पदाधिकारी चयन गरिसक्ने निर्णय भएको सांसद एकवाल मियाले जानकारी दिए। बैठक सोमबार सिंहदरबारमा बसेको थियोर। बैठकले पार्टी संसदीय दलको विधानलाई टुंगो लगाउन मंगलबार दिउँसो १२ बजेसम्म सांसदहरुलाई आवश्यक सुझाव दिने समयसीमा पनि तोकेको छ।
संसदीय दलको विधानको मस्यौदालाई अन्तिम रुप दिनेबित्तिकै दलको नेतासहितका पदाधिकारी चयनको काम सुरु गर्ने कार्यतालिका पनि बैठकले तय गरेको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए।
बैठकमा संसदमा पार्टीको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयलाई पनि प्रवेश गराइएको थियो। त्यस सम्बन्धमा प्रारम्भिक छलफल भएपनि विस्तृत छलफल भने दलको नेतासहितका पदाधिकारी चयन भएपछि गर्ने निष्कर्ष पनि निकालिएको नेता यादवले बताए।
आइतबार बसेको पार्टीको अध्यक्ष मण्डल बैठकले संविधान संशोधन गर्नका लागि सरकारलाई दबाब दिने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।