काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र सिन्धु विकास बैंकको सेयर मूल्य समायोजन भएको छ।
आइतबार नेशनल लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो। इन्स्योरेन्सको समायोजन पछिको मूल्य ७ सय ९६ रुपैयाँ ८८ पैसा दिइएको छ भने आधारभूत मूल्य १ हजार ३ सय ९२ रुपैयाँ ४४ पैसा दिइएको थियो।
त्यस्तै, सिन्धु विकास बैंकको ५ दशमलब ९५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो। बैंकको समायोजन पछिको मूल्य नेप्सेले १ सय २४ रुपैयाँ ५९ पैसा तोकेको छ भने आधारभूत मूल्य २ सय ६ रुपैयाँ २९ पैसा दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।