एजेन्सी– अक्षय कुमार अभिनीत फिल्म 'गोल्ड'को ‘नैनो ने बाँधी’ बोलको गीत सार्वजनिक भएको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अक्षय कुमार र मौनी रायको रोमान्स देख्न सकिन्छ।
करिब २ मिनेट ३८ सकेन्ड लामो गीत सार्वजनिक भएको २४ घन्टा नपुग्दै ९० लाखभन्दा बढी पटक हेरिसकिएको छ।
'गोल्ड' भारतले पहिलो ओलम्पिक स्वर्णपदक पाएको ऐेतिहासिक विषयमा आधारित आधारित छ।
फिल्म आउँदो अगस्ट १५ मा प्रदर्शन गर्ने तयारी छ। सोही दिन जोन अब्राहम अभिनीत फिक्सन ड्रामा फिल्म ‘सत्यमेव जयते’पनि प्रदर्शनमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।