मापसे गरेका श्रीमान्‌ले गरे श्रीमतीको हत्या

 

Nepal Live

कैलाली- लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले ३२ वर्षीया श्रीमती गरीबी चौधरीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्। 

मदिरा सेवन गरेका श्रीमान् र श्रीमतीबीच सामान्य विवादमा कुटपिट भएपछि हत्या गरिएको सोधपुछका क्रममा चौधरीले प्रहरीलाई बताएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।

इन्द्रबहादुरले काठको लट्ठी प्रयोग गरी हत्या गरेको प्रहरीसमक्ष बयान दिए पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा भने धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको छ। 

मृतकको टाउको र शरीरका विभिन्न भागमा घाउचोट र नीलडाम देखिएको छ।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार