इनरुवा- सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको आज बिहान मृत्यु भएको छ।
मृत्यु हुनेमा बराह नगरपालिका–९ ढोलबज्याङ्का सत्यनारायण चौधरीकी ५० वर्षीया श्रीमती भुनियादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्ती चौधरीलाई भैंसी गोठमा बसिरहेको अवस्थामा आइतबार राति आक्रमण गरेको थियो।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।