काठमाडौं– सयौं कामदारलाई ठगी गरेको आरोपमा प्रहरीले २ म्यानपावर सञ्चालकलाई पक्राउ गरेको छ। बसुन्धरास्थित उपहार ह्युमन रिसोर्स प्रालिका सञ्चालकहरु चुडाबहादुर कार्की र खगराज दाहाललाई महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको हो।
उनीहरुले वैदेशिक रोजगारीमा जाने कामदारसँग ४ लाख ५० हजार रुपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ। तर, उनीहरुले कामदारलाई रसिद भने १० हजार रुपैयाँको मात्र दिने गरेका थिए।
देशिक रोजगारीमा जाने कामदारलाई बढीमा १० हजार रुपैयाँ भन्दा धेरै सेवाशुल्क लिन पाइँदैन।
उनीहरुले दुबई र अबुधावीमा जाने कामदारलाई चर्काे शुल्क लिएर ठगी गर्दै आएको प्रहरीले जनाएको छ।
उनीहरुको कम्पनीबाट प्रहरीले २ सय ९८ वटा पासपोर्ट, १० लाख २३ हजार रुपैयाँ नगद, इन्ट्री रजिष्टार, डायरी लगायत कागजपत्र समेत बरामद गरी थप अनुसन्धान र कारबाहीका लागि बैदेशिक रोजगार विभागमा पठाएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारलाई ठगी गर्ने म्यानपावर कम्पनीविरुद्ध कारबाहीको अभियान नै अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।