काठमाडौं– बलम्बुमा जुवा खेलिरहेका ११ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी प्रभाग बलम्बुले जमाल साहको रिङ कारखानामा जुवा खेलिरहेकाहरुलाई पक्राउ गरेको हो।
असइ गोविन्द बहादुर साउदको कमाण्डमा खटिइको प्रहरी टोलीले ४० हजार ७ सय ४५ सहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि थानकोट वृत्तले प्रहरीले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।