• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बेग्लै हुन्थ्यो कांग्रेसको तस्वीर यी चार नेताले ‘बेइमानी’ नगरेका भए

64x64
रामेश्वर बोहरा बिहीबार, पुस १, २०७८  १५:५२
1140x725

दुई दिनअघि मात्र महाधिवेशनको चुनावी नतिजाले निराश बनेको कांग्रेसभित्र र कांग्रेसभन्दा बाहिरको समेत ठूलो पंक्तिमा बिहीबार एकाएक उत्साह देखापर्‍यो। त्यो उत्साह सामाजिक सञ्जालमा मात्र होइन, अरु धेरैतिर प्रकट भयो। कतिपयले टिप्पणी गरे– कांग्रेसमा नेतृत्व मात्र होइन, पुस्ता परिवर्तन पनि सम्भव रहेछ!

दुई दिनअघिको निराशाको कारण भने कांग्रेस सभापतिको निर्वाचन थियो जहाँ (यो पार्टीमा) परिवर्तनको आश गरेको (भित्र र बाहिरको) ठूलो पंक्ति केही घण्टाका नाटकीय घटनाक्रमबाट मर्माहत बनेको थियो।

सभापतिको निर्वाचन दोस्रो चरणमा पुग्ने निश्चित भएपछि त्यो पंक्तिले कांग्रेसमा नेतृत्व परिवर्तनको सम्भावना अझ सन्निकट बनेको अनुभूति गर्न थालेको थियो। किनभने शेरबहादुर देउवालाई पहिलो चरणमै जित्नबाट रोक्ने, निर्वाचन दोस्रो चरणमा पुर्‍याएपछि उनीइतरका सबै उम्मेदवार एक ठाउँ उभिन सकिने जोडघटाउ अनुसारको आधार त्यतिञ्जेल तय भइसकेको थियो।

‘देउवाबाट कांग्रेस नचल्ने’ घोषणा गरेका सभापतिका प्रत्यासीहरु प्रकाशमान सिंह र विमलेन्द्र निधिले एक दिन अघिमात्र कांग्रेसले अब ‘देउवाबाट मुक्ति पाउने’ आसयको वक्तव्य नै दिएका थिए। तर, मंगलबार बिहान मात्र केही घण्टाको बीचमा यस्ता नाटकीय घटनाक्रम देखापरे, सिंह र निधिले नै दोस्रो चरणको निर्वाचनमा देउवालाई नै सघाउने निर्णय गरे।

कांग्रेसमा नेतृत्व मात्र होइन, नीतिसमेत बदल्ने पुस्ता परिवर्तनको नारा लगाइरहेका गगनकुमार थापाले शानदार जित हात पार्दै गर्दा त्यसको तरंग कांग्रेस पंक्ति र आम जनमानससम्म फैलियो

योभन्दा पनि मर्माहत बनाउने खबर अर्को थियो। त्यो थियो– दोस्रो चरणको निर्वाचनअघि बहाल महामन्त्री शशांक कोइरालाले सभापतिका प्रत्यासी देउवासँग गरेको भेट र उनलाई गरेको ‘सहयोग’को बाचा। बालुवाटार पुगेर देउवालाई सहयोग गर्ने वाचा गरेको खबरलाई शशांकले नजरअन्दाज गर्नुको अर्थ थियो– उनले त्यही गरेका थिए।

अनि, अर्को यस्तै ‘बेइमानी’ रामचन्द्र पौडेलबाट भयो जसले आफूले नेतृत्व गरिरहेको समूहबाट आधिकारिक उम्मेदवार बनेका शेखर कोइरालाका निम्ति ‘कित्ता’ प्रष्ट गरिदिएनन्। अरु के कुरा, मत नै दिएनन्। बरु दोस्रो चरणको मतदानअघि चियापान गरेर देउवालाई ‘मत माग्ने’ मञ्च खडा गरिदिए। त्यसपछिको परिणाम जगजाहेर छ। ‘नयाँ अनुहार’ शेखर कोइराला पराजित भए, देउवा नै कांग्रेस नेतृत्वमा दोहोरिए।

बिहीबार आशा जगाउने काम भने महामन्त्रीको नतिजाले गरेको हो। कांग्रेसमा नेतृत्व मात्र होइन, नीतिसमेत बदल्ने पुस्ता परिवर्तनको नारा लगाइरहेका गगनकुमार थापाले शानदार जित हात पार्दै गर्दा त्यसको तरंग कांग्रेस पंक्ति र आम जनमानससम्म फैलियो। अझ गगनलाई पछ्याउँदै सम्भावना बोकेका अर्का नेता विश्वप्रकाश शर्मासमेत महामन्त्रीमा निर्वाचित हुनुले यस्तो ‘मूड’मा थप तरंग भरिदियो। त्यसैले मतगणना अन्तिम चरणमा पुग्दैगर्दा सानेपामा नारा लागेको थियो– कांग्रेसभित्र क्रान्ति, दुई तिहाइको महामन्त्री।

Ncell 2
Ncell 2
nimb
nimb

सबभन्दा रोचक पक्ष महामन्त्रीमा निर्वाचित दुवैजना सभापतिमा दोस्रोपटक निर्वाचित देउवा समूहका होइनन्। देउवाले अघि सारेका दुबै उम्मेदवारले कांग्रेसमा सभापतिपछिको शक्तिशाली मानिने पद महामन्त्रीमा पराजय ब्यहोरे। थापा र शर्मा पनि एकै प्यानलका थिएनन्।

उनीहरु दुबैको जितले महाधिवेशन प्रतिनिधिबाट व्यक्त भएको परिवर्तनको अपेक्षा र मतदानमा विवेकको प्रयोगलाई पनि दर्शाउँछ। बुधबार अबेर राति सकिएको उपसभापतिको मतगणनाले यसको केही संकेत गरिसकेको थियो। परिदृष्य केही भिन्न होला, तर अब मतगणना हुन बाँकी आठ सहमहामन्त्री र केन्द्रीय समितिका बाँकी पदमा आउने नतिजाको संकेत पनि यस्तै हुने आकलन भइरहेको छ।

तर, यो आकलन भइरहँदा एउटा प्रश्न जबर्दस्त उठिरहेको छ– यदि प्रकाशमान सिंह र विमलेन्द्र निधिले अन्तिम घडीमा ‘बेइमानी’ नगरेका भए, अनि शशांकले देउवालाई ‘सघाउने’ र पौडेलले मौन बस्ने निर्णय नगरेका भए के हुन्थ्यो होला?

कांग्रेसले गुमाएको अवसर

महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले जित्नुको अर्थ कांग्रेसमा के हुन्छ? पार्टीभित्र र सार्वजनिक रुपमासमेत बनिसकेको यी दुई नेताको छबि छँदैछ, अबका चार वर्षमा उनीहरुबाट प्रदर्शन हुने भूमिकामा त्यसको उत्तर निहित हुने छ। अनि कांग्रेसभित्रका विभिन्न ‘शक्तिकेन्द्रको बेइमानी’को कोपभाजनमा परेका डा शेखरले सभापति जित्दा के हुन्थ्यो होला?

अहिलेका निम्ति डा शेखरको जितको कल्पना असान्दर्भिक भइसक्यो। किनभने कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले त्यो प्रक्रिया नै टुंगोमा पुर्‍याइसकेका छन्।

देउवालाई सभापति रोजिसकेका छन्। तर, शीर्ष नेतृत्व नै परिवर्तन गर्न सम्भव यो अवसर सदुपयोग गर्न सकेको भए कांग्रेसले आफ्नो पार्टी पंक्तिमात्र होइन, समकालीन राजनीतिमै एउटा फरक सन्देश प्रवाह गर्न सक्थ्यो। त्यो सन्देश हुन्थ्यो– मुलुकको जेठो लोकतान्त्रिक यो पार्टी परिवर्तनलाई पछ्याउन र कार्यकर्ताको भावनालाई निर्णायक बनाउन सक्षम छ।

भलै कांग्रेसले आगामी चार वर्षका लागि शीर्ष नेतृत्व बदल्ने अवसर गुमाएको किन नहोस्, एउटा आशा भने जगाएको छ

अर्को सन्देश हुन्थ्यो– ‘सत्ता’को शक्तिलाई पनि पन्छाउने क्षमता यो पार्टीमा छ। त्यो किन पनि हो भने कांग्रेस महाधिवेशन निकै ढिलो हुनुको एउटा कारण देउवाको सत्तारोहणको पर्खाइ पनि थियो। उनी यो महाधिवेशनअघि नै सरकारमा जान, अनि महाधिवेशनमा पार्टी सत्ता र राजकीय सत्ता दुबैको शक्ति प्रयोग गर्न चाहन्थे। यसपालि उनको चुनावी रणनीतिको ‘एक्स फ्याक्टर’ पनि त्यही नै बन्नपुग्यो। मत माग्दा उनले प्रधानमन्त्री पद गुम्नसक्ने भनेर देखाएको खतरा, अनि पौडेलदेखि प्रकाशमानसम्मलाई दिएका भनिएका ‘आश्वासन’ले त्यही देखाउँछ।

भलै कांग्रेसले आगामी चार वर्षका लागि शीर्ष नेतृत्व बदल्ने अवसर गुमाएको किन नहोस्, एउटा आशा भने जगाएको छ। त्यो हो– १५ औं महाधिवेशनसम्म पुग्दा कांग्रेसमा नेतृत्व मात्र होइन, पुस्ता परिवर्तन नै सम्भव हुनेछ। महामन्त्रीमा गगन–विश्वप्रकाशको जितको तत्कालको अर्थ यही हो।

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १५:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामेश्वर बोहरा
बोहरा नेपाल लाइभका सम्पादक हुन्।
लेखकबाट थप
लोभ–डर–लोकरिझ्याइँ जितेका प्राज्ञको गुमनाम महाप्रस्थान
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग ३)
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग २)
सम्बन्धित सामग्री
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? आगामी रजिष्ट्रारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा आर्थिक तथा संस्थागत रुपमा बलियो बनाउनु हुनेछ । यसका... शनिबार, भदौ १३, २०८३
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? सरकारले उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन गरेको दाबी गरिरहेको छ। सामाजिक सञ्जालमा सरकारी सक्रियताका तस्वीर र सूचना पनि आइरह... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया बिहीबार, भदौ १८, २०८३
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा बिहीबार, भदौ १८, २०८३
हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं पठाउने तयारी बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सदनमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रचण्डको प्रश्न– ‘यहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्