राजविराज– सप्तरी जिल्लामा जारी रहेको विद्युत हुकिङ अभियानअन्तर्गत विभिन्न ठाउँबाट बिहीबार १६ जनालाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाबाट पोलमा विद्युत हुकिङ गरिरहेका १६ जनालाई पक्राउ गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए।
पक्राउ परेकाका साथबाट एक थान विद्युत् मिटर, दुई थान पानी तान्ने मोटर र एक थान टिभीलगायतका सामान बरामद गरिएको प्राधिकरणका प्रमुख साहले जानकारी दिए।
पक्राउ परेका १६ जनासँग प्रत्येक व्यक्तिबाट विद्युत ऐनअनुसार १५ हजार ५ सय २ का दरले जरिवानाउपर असुल गरेको विद्युत प्राधिकरण सप्तरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।