हेटौंडा- नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले नेतृत्वलाई मन, वचन र कर्मले एक हुन आह्वान गरेका छन्।
बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला सभापतिको राष्ट्रिय भेलामा साँझसम्ममा बोल्ने ७७ मध्ये ७४ जना सभापतिले पार्टीलाई एकढिक्का बनाउन नेतृत्व सधैं आत्मादेखि प्रतिबद्ध हुनुपर्नेमा जोड दिएको बताए।
प्रवक्ता शर्माले भेलाले संघीय प्रणाली अनुसार प्रदेश, स्थानीय तह र वडामा पार्टी समिति स्थापना गर्न र विधिवत् अधिवेशन गराई निर्वाचन गराउन महासमिति र केन्द्रीय समितिको बैठकले निर्णय गरी विधान पारित गराउन सुझाव दिएको जानकारी दिए।
सभापतिका सुझावलाई अभिलेखमा उतारी विधानको मस्यौदा तर्जुमा गर्न कार्यदल बनाइने भएको छ। प्रवक्ता शर्माले केही जिल्ला सभापतिले धर्मनिरपेक्षतालाई पुनः आत्मसमीक्षा गर्न सुझाव दिएको जानकारी पनि दिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।