काठमाडौं- कप्तान ह्यारी केनले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि इंग्ल्यान्डले २०१८ फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ। इंग्ल्यान्डले समूह 'जी' को खेलमा ट्युनिसियालाई २-१ गोलले पराजित गरेको हो।
खेलको ११ मिनेटमा केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। उनले क्लोज रेन्जबाट बललाई जाली चुमाएका थिए। तर ३५ मिनेटमा ट्युनिसीयाले बराबरी गोल फर्काउन सफल भयो। सासीले पेनाल्टीमा गोल गरेका थिए। केल वल्करले बेन युसुफलाई डिबक्स भित्र फल गरेपछि ट्युनिसयाले पेनाल्टीको अवसर पाएको थियो।
दोस्रो इन्जुरी टाइमको पहिलो मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दा इंग्ल्यान्डले रोमाञ्चक जित हात पर्न सफल भयो। कप्तान केनले क्लोज रेञ्जबाट गरेको हेडले सिधै गोलपोस्टको दिशा लिएको थियो।
यो समूहको अर्को खेलमा बेल्जियमले पानामलाई ३-० गोलले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।