काठमाडौं– राष्ट्रिय अनुसन्धान विभागमा लामो समयदेखिको बढुवाको ‘जाम’ खुलेको छ। बिहिबारको मन्त्रिपरिषद् बैठकले तीन सह–अनुसन्धान निर्देशक(एसएसपी)लाई अनुसन्धान निर्देशक(डिआइजी)मा बढुवा गरेको छ।
प्रकाशराज पाण्डे, मधु कार्की र सुमन बैद्य अनुसन्धान निर्देशकमा बढुवा भएका हुन्। पाण्डे नयाँदिल्लीस्थित नेपाली दुतावास, कार्की तालिम शाखा तथा बैद्य राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत छन्।
बढुवामा रामप्रसाद दास पनि प्रतिस्पर्धी थिए। तर, उनी बढुवामा परेनन्। यसपटक उनी बढुवा भएको खण्डमा संगठनको प्रमुखका दाबेदार हुने थिए।
स्रोतका अनुसार विभागमा असारभित्रै सबै पदमा बढुवा गर्न लागिएको छ। हाल विभागमा सह–अनुसन्धान निर्देशकका १० तथा उप अनुसन्धान निर्देशकका १३ पद रिक्त छन्।
बढुवा भएका दुई डिआईजीलाई प्रदेश कार्यालयमा खटाउने तयारी भइरहेको छ। हाल ५ प्रदेशमा मात्र विभागका कार्यालय छन्। गुप्तचर संघीयतामा केन्द्रीय संरचनामै चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।