काठमाडौं- सरकारले नेपाल टेलिभिजनको अध्यक्षमा डा महेन्द्र विष्टलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रहेका विष्टलाई नेपाल टेलिभिजनको अध्यक्षमा नियुक्त गरेको हो।
यस्तै, बैठकले राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा हरिहर अधिकारी (श्यामल)लाई नियुक्त गरेको छ। श्यामल साहित्यकार समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।