काठमाडौं– फिल्म ‘टिनएज’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। निर्देशक दिनेश पाख्रिनका अनुसार फिल्मको साउन २५ गतेलाई फिल्मको प्रर्दशन मिति तय गरिएको हो।
यसअघि असोज २७ गते फिल्मको प्रदर्शन हुने निश्चित गरिएकाे थियाे।
युवापुस्ताको कथा बोकेको फिल्म ‘टिनएज’ जापान र कोरियामासमेत प्रर्दशनमा आउने निर्माण पक्षले जनाएकाे छ। फिल्ममा नरेशवीर सिंह, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरोज शाह लगायतको अभिनय रहेको छ।
वसन्त सापकोटा र विकास चौधरीको संगीत रहेको फिल्ममा दिक्षा पाख्रिन, लिगेश भट्टराई, सोम लामा, जनक कार्की र दिपक सिंहको कोरियोग्राफी रहेको छ।
हेलेन पाख्रिन फिल्मस्को ब्यानर तथा पाख्रिनकै प्रस्तुति रहेको ‘टिनएज'लाई बिरु मगर, चिनीमाया पाख्रिनले संयूक्त रुपमा निर्माण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।