काठमाडौं– बिहीबारदेखि सुरु हुने २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा केहि नयाँ निमय लागु हुँदैछ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पहिलो पटक भिडियो एसिसटेन्ट रेफ्री (भिएआर) प्रविधिको प्रयोग गर्दै छ। यसका लागि फिफाले छुट्टै नियम बनाएको छ।
खेलका दौरान भिएआरले सबै गोल, पेनाल्टी तथा रातो कार्ड दिएको अवस्था लगायतमा पनि लगातार निगरानी गरिरहेको हुन्छ। सो अवस्थामा कुनै गल्ती भएको पत्ता लाग्नेबित्तिकै रेफ्रीले ‘रिभ्यु’ नमागे पनि उसले रेफ्रीलाई सूचना दिन्छ। त्यहिअनुसार रेफ्रीले गोल, पेनाल्टी दिने, कार्ड दिने र आफुले गरेका गल्ति सच्याउन सक्छन्। रिभ्यु मागेको खण्डमा पनि रेफ्रीले उल्लेखित निर्णय गर्नेछन्।
रेफ्रीलाई कुनै शंका लागेमा रिभ्यु लिन सक्छन्। यदि रेफ्रीले रिभ्यु लिन चाहे तर खेल चलिरहेको छ भने दुवै टोलीको एक-अर्कामा गोल गर्न सक्ने अवस्थाबाहेक खेललाई रोकिदिनुपर्छ। रिभ्यु लिएपश्चात् खेल मैदान नजिकै राखिएको मोनिटरमा भिडियो रिप्ले देखाइन्छ र सोको आधारमै रेफ्रीले आफ्नो निर्णय सुनाउँछन्।
यता खेलाडीले अनावश्यक रुपमा भिएआरको अपिल गर्न भने पाउनेछैनन्। अनावश्यक रुपमा अपिल गरेमा रेफ्रीले खेलाडीलाई कार्ड दिन सक्नेछन्।
रोकिएको खेल सुरु भएपछि रेफ्रीको निर्णय नै अन्तिम हुनेछ।
यसपटक विश्वकपमा रेड कार्ड पाउने अवस्थामा पनि परिवर्तन भएको छ। यसअघि हिंश्रक व्यवहार देखाएमा, जानाजान गल्ति गरेमा र थुकेमा रेड कार्ड दिइने नियम थियो। अब भने टोकेमा पनि रेड कार्ड देखाउने नियम फिफाले बनाएको छ। टोकेमा रेड कार्ड देखाउने नियम विश्वकपमा पहिलो पटक लागू हुन लागेको हो।
यसअघि सन् २०१४ को विश्वकपमा उरुग्वेका लुइस सुआरेजले इटालीका डिफेन्डर जर्जिरो चिलेनीलाई डी–बक्सभित्रै टोकेका थिए। चिलेनीले आफ्नो बायाँ काधँमा सुआरेजले टोकेको डाम पनि देखाएपनि रेफ्रीले उक्त घटनामा कुनै कारवाही गरेनन्। पछि फिफाले अनुसन्धान गर्दै सुआरेजलाई चार महिना कुनैपनि प्रतिबन्ध लगायो। यसपटक भने टोक्ने खेलाडीलाई मैदानमा रेड कार्ड दिने निमय लागू हुनेछ।
यता फिफाले प्रशिक्षकका लागि पनि नयाँ निमय बनाएको छ। नयाँ निमयअनुसार प्रक्षिकले 'साइड लाइन' मा गएर कुनै विद्युतिय सामग्रीको प्रयोग गर्न पाउनेछन्।
२०१८ फिफा विश्वकप रेगुलेसन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।