काठमाडौं– तपाईंको भान्सामा पाक्ने गरेको दाल, गेडागुडी र तरकारी तपाईंका लागि नजिकैको पसलबाट प्राप्त हुन्छ। तर, त्यस्ता दाल–तरकारी कुन कुन देशबाट तपाईंको भान्सासम्म आइपुगेको होला भन्ने कसैलाई थाहा हुन्न।
हाम्रो भान्सामा भारत, चीन, बंगलादेशजस्ता छिमेकी मुलुकका मात्र होइन नाइजेरिया, सुडान जस्ता अफ्रिकी मुलुकका दाल–तरकारी पनि पाक्ने गरेको छ। भन्सार विभागका अनुसार यस आर्थिक वर्षको १० महिनामा ३० देशबाट नेपालले दाल, गेडागुडी र तरकारी आयात गरेको छ।
सरकारले आगामी ५ वर्षभित्र कृषि उत्पादनलाई दोब्बर बनाउने दाबी गरेको छ। सरकारले यसो भनिरहँदा नेपालमा भने वार्षिक अरबौं रुपैयाँको दाल–तरकारी आयात हुँदै आएको छ।
भन्सार विभागको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांक अनुसार नेपालमा विभिन्न देशबाट १८ अर्ब ७५ करोड रुपैयाँ बराबरको दाल, गेडागुडी र तरकारी आयात भएको छ। गत आर्थिक वर्षमा २१ अर्ब ५४ करोड रुपैयाँ बराबरको दाल, गेडागुडी र तरकारी आयात भएको विभागको तथ्यांक छ।
अधिकांश नेपालीको भान्सामा पाक्ने आलु सबैभन्दा धेरै भारतबाट भित्रिन्छ। बंगलादेश र इन्डोनेसियाको आलुले पनि तपाईंको भान्सामा स्थान पाउने गरेको छ। त्यसैगरी, बारम्बार गोलभेंडामा आत्मनिर्भर भयौं भन्ने समाचार सुनिरहेका नेपालीले आफ्नो भान्सामा अफ्रिकी मुलुक नामिवियाबाट भित्रिने गोलभेंडा पनि पकाउने गरेका छन्।
आलु, प्याज, लसुन, गोलभेंडा, काउली, भेन्टा, गाँजर, काँक्रा, च्याउ, लसुन पत्ता जस्ता तरकारीसँगै सिबी, बकुल्ला, रहर दाल, राजमा, केराउ, मुसुरो जस्ता दाल र गेडागुडी नेपालले ठूलो मात्रामा आयात गर्दै आएको छ।
कुन–कुन देशबाट आउँछ दाल तरकारी?
भन्सार विभागको तथ्यांक अनुसार नेपालले विगत १० महिनामा ३० देशबाट दाल, गेडागुडी र तरकारी आयात गरेको छ। ती देश निम्नानुसार छन्ः
भारत, चीन, बंगलादेश, म्यान्मार, क्यानाडा, अस्ट्रेलिया, ब्राजिल, अर्जेन्टिना, तान्जानिया, मोजाम्बिक, मलावी, नाइजेरिया, सुडान, भेनेजुएला, माडागास्कर, इथियोपिया, रसिया, युएई, रोमानिया, माल्दोभा, लिथियुनिया, लेबनान, नामिबिया, बेलायत, युक्रेन, थाइल्यान्ड, इन्डोनेसिया, इटली, कोट डी आइभोरी र आइल ओफ मेन।
१०महिनामाकुनदेशबाटमुख्यदाल–तरकारीकतिभित्रियो?
आलुः४अर्ब४३करोडरुपैयाँ
भारत– ४ अर्ब २१ करोड आलु / आलुको बिउ– १ करोड
बंगलादेश– २० करोड ९५ लाख
इन्डोनेसिया– २६ हजार
प्याजः३अर्ब४७करोडकोआयात
भारत– ३ अर्ब ४४ करोड
चीन– ३ करोड ७५ लाख
अइल ओफ मेन– ३६ हजार
सुख्खागेडागुडीः२अर्ब५५करोड६३लाख
म्यानमार– १ अर्ब ७७ करोड ६८ लाख
भारत– ३७ करोड २६ लाख
अर्जेन्टिना– ८ करोड १४ लाख
ब्राजिल– ९ करोड ७ लाख
क्यानाडा– ६ करोड ९६ लाख
तान्जानिया– ५ करोड ४३ लाख
मोजाम्बिक– ४ करोड ७५ लाख
भेनेजुएला– २ करोड ९५ लाख
अस्ट्रेलिया– १ करोड ६६ लाख
इथियोपिया– १ करोड ५ लाख
माडागास्कर– ६४ लाख
मुसुरोदालः१अर्ब५०करोड
क्यानडा– ९८ करोड ९३ लाख
अस्ट्रेलिया– ४३ करोड ६३ लाख
म्यानमार– ६ करोड ४ लाख
भारत– १ करोड ६१ लाख
सुकेकोकेराउः१अर्ब२२करोड६८लाख
क्यानाडा– ४६ करोड ७९ लाख
रसिया– २८ करोड ४० लाख
युक्रेन– १७ करोड २३ लाख
रोमानिया– १० करोड ४१ लाख
अस्ट्रेलिया– ४ करोड ७९ लाख
माल्दोभा– ४ करोड ५९ लाख
भारत– ३ करोड २४ लाख
अर्जेन्टिना– ३ करोड २१ लाख
लिथुयानिया– १ करोड ८३ लाख
म्यानमार– १ करोड ४१ लाख
मालावी– ७० लाख
चीन– २ लाख ८६ हजार
रहरदालः१अर्ब१९करोड
म्यानमार– ९२ करोड ६७ लाख
मोजाम्बिक– १० करोड ९६ लाख
तान्जानिया– ९ करोड ९८ लाख
क्यानडा– ३ करोड ७० लाख
मालावी– १ करोड २३ लाख
सुडान– ९० लाख ९४ हजार
नाइजेरिया– ३३ लाख ८६ हजार
भारत– २५ हजार
लसुनः५१करोड५२लाखकोआयात
चीन– ५० करोड ७४ लाख
भारत– ५७ लाख २८ हजार
कोट डी आइभोरी– २० लाख ८६ हजार
आइल ओफ मेन– ६ हजार
राजमाः३२करोड२९लाख
ब्राजिल– १८ करोड ७३ लाख
भारत– १ करोड ६९ लाख
अर्जेन्टिना– १ करोड १७ लाख
चीन– १ करोड १६ लाख
तान्जानिया– ९९ लाख ५६ हजार
म्यानमार– ५१ लाख ८५ हजार
गोलभेंडाः२४करोड७१लाखकोआयात
भारत– २४ करोड ७१ लाख १८ हजार
नामिविया– ३६ हजार
हरियोकेराउः१०करोड९५लाख
अस्ट्रेलिया– ९ करोड ३३ लाख
भारत– १ करोड ६२ लाख
घिउसिमीः२३लाख५८हजार
म्यानमार– २१ लाख ६५ हजार
चीन– १ लाख ५१ हजार
भारत– ४५ हजार
सुकेकोच्याउः३४लाख७८हजार
भारत– २४ लाख
थाइल्यान्ड–१० लाख ७१ हजार
चीन– ७ हजार
च्याउः५लाख७हजार
भारत– ४ लाख ७० हजार
थाइल्याण्ड– २७ हजार
चीन– १० हजार
यसबाहेक बन्दा, काउली, काँक्रा, फर्सी, कुरिलो, क्याप्सिकम, चुकन्दर, लसुन पत्ता जस्ता तरकारी भारतबाट आयात हुने लिस्टमा छन्। यी बाहेक पनि अन्य ताजा तरकारी शीर्षकमा भारतबाट ३६ करोड ८६ लाखको आयात हुन्छ। यस्तै, फ्रेन्च फ्राइजस्ता परिकारका लागि भारतबाटै फ्रोजन आलु ४१ करोड ६८ लाख रुपैयाँको आयात भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।