काठमाडौं– मालपोत कार्यालय, मझगावाँ रुपन्देहीमा कार्यरत खरिदार प्रकाश रिजाल घुससहित पक्राउ परेका छन्।
जिल्ला अदालत रुपन्देहीबाट अंश नामसारी मुद्दा फैसला भई फाइल सदर गराउनको लागि मालोपत कार्यालय, मझगावाँ रुपेन्देहीमा गएका सेवाग्राहीसँग उनले २ हजार रुपैयाँ घुस लिएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो।
सेवाग्राहीलाई उनले दुःख दिएपछि अख्तियारलाई खबर गरेर घुस दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।