काठमाडौं – २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता नजिकिँदै गर्दा फुटबलप्रेमीले आफ्ना पक्षका टिमको विषयमा 8िक सञ्जालमा पोस्ट गरिरहेका छन्।
नेपाली रंगकर्मी तथा फिल्मकर्मीलाई पनि अहिले विश्वकपको ज्वरोले छोएको छ। रंगकर्मीहरुले आफ्नो पक्षको टिम र खेलाडीको जर्सीमा तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।
अभिनेत्री बेनिशा हमालले आफ्नो सर्मथनको टिम र मनपर्ने खेलाडी विषयमा नेपाल लाइभसँग सेयर गरेकी छिन्। विश्वकप हेर्न थालेदेखि नै आफू ब्राजिलको फ्यान रहेको उनले बताइन्। सुरु सुरुमा ब्राजिलका खेलाडी रोनाल्डोको फ्यान भए पनि पछिल्लो समय नेइमार प्रिय खेलाडी भएको बेनीसाले सुनाइन्। ब्राजिलको खेल सवै हेर्ने योजना बनाएकी बेनिशा २०१८ विश्वकप ब्राजिलले जितोस् भन्ने चाहन्छिन्।
ब्राजिलको विकल्पमा कुनैपनि टिमको समर्थन नगर्ने बेनिसाले बताइन्। उनले ब्राजिलको जर्सी लगाएर 8िक सञ्जालमा तस्बिर पोस्ट गर्न भने भ्याएकी छैनन्। भन्छिन्,‘केहि दिनपछि विश्वकप विशेष फोटोसुट गर्ने योजनामा छु, हेरौँ के हुन्छ।’
यस वर्षको विश्वकप खेल कहाँ र कसरी हेर्दै हुनुहुन्छ भन्ने जिज्ञासमा उनले भनिन्, ‘क्वार्टरफाइनलसम्म घरमै हेर्ने हो, बाँकी खेल साथीसँग हेर्ने विचार छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।