• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन १७, २०८३ Sun, Aug 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले छाड्दै प्रभु साह!

64x64
वीरेन्द्र ओली आइतबार, भदौ २७, २०७८  २१:५९
1140x725

काठमाडौं– माओवादी केन्द्र छाडेर नेकपामा एमालेमा लागेपछि सांसद र मन्त्री दुवै पद गुमाएका एमाले केन्द्रीय सदस्य प्रभु साह अन्ततः एमालेमा पनि आफू रहन नसक्ने निचोडमा पुगेका छन्। एमाले र माओवादीबीचको एकताबाट बनेको तत्कालीन नेकपामै रहँदा अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका र सर्वोच्च अदालतको फैसलाबाट नेकपा विघटन भएपछि एमालेमा रहेर ओलीलाई साथ दिएका साह अब ‘वर्तमान एमाले संरचनामा बस्न नसकिने’ निर्णयमा पुगेका हुन्। 

ओलीलाई भेटेर साहले आफूले नेकपाको विचार र सिद्धान्तमा हिँड्न साथ दिएको, तर एमालेकै विचार र सिद्धान्तको निरन्तरता हुने भएमा आफू पार्टीमा नरहने निर्णय सुनाइसकेका छन्। ओलीबाट सकारात्मक जवाफ नआएपछि एमाले नै छाड्ने निष्कर्शमा पुगेको उनीनिकट एक नेताले बताए। 

ओलीसँग असन्तुष्ट बनेपछि एमालेका बैठकहरुमा भाग लिन छाडेका साहले गत साउन ५ गते ‘आईटी आर्मी’ नामको एउटा संगठन बनाएको घोषणा गरेका थिए। त्यो घोषणा कार्यक्रममा पूर्वमाओवादी नेतासहित केही एमाले नेतासमेत सहभागी थिए। ‘सामाजिक विकृति विसंगतिविरुद्ध लड्ने’ भन्दै घोषणा गरिएको त्यो संगठनले प्रदेश २ का आठ जिल्लामा संरचना बनाएको छ। त्यसकै नाममा अहिले प्रदेशभर एमसीसीको विरोधदेखि किसानलाई मल उपलब्ध गराउनुपर्ने भन्दै सडक प्रदर्शन हुन थालेका छन्। ‘हामी एमाले होइनौं। नेकपा हौं। नेकपा भनेरै ओलीपक्षमा गएका हौं। नेकपाको निरन्तरता नहुने भए नयाँ दल खोल्ने हुन सक्छ भनेरै आइटी आर्मीको अभ्यास गरिएको हो’, साहको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘अब हामीले खोल्ने दल संविधान र अहिलेको व्यवस्थाविरोधी नीति लिएर अघि बढ्ने खालको हुनसक्छ, हामी त्यही तयारीमा छौं।’ 

nimb
nimb
Ncell 2
Ncell 2

यसका लागि संसदबाहिर रहेका कम्युनिस्टहरुसँग मोर्चाबन्दी गर्ने साहको योजना छ। त्यसका लागि उनले छलफलसमेत अघि बढाइसकेका छन्। कम्तीमा तीन महिनाभित्र आफ्नो ने्तृत्वमा पार्टी गठन गर्नेगरी साह अघि बढेको उनीनिकट ती नेताले बताए। तर, साहले आफूले नयाँ पार्टी गठन गर्नलागेको बारे प्रतिक्रिया दिन मानेनन्। ‘अहिले सबै कुरा नभनौं, तपाईंसँग भेटेर सबै कुरा खोल्छु। फोनमा कुरा नगरौं’, काठमाडौंबाहिर रहेका साहले नेपाल लाइभसँग भने। 
साह अहिले प्रदेश २ का जिल्लामा केन्द्रित छन्। उनको प्रयासकै कारण अन्यत्र भन्दा प्रदेश २ मा माओवादीले अलि धेरै नोक्सानी ब्यहोर्नुपरेको छ। 

यसरी पुगे नयाँ पार्टी बनाउने मूडमा 
माओवादीमा रहँदा साह लामो समय बाबुराम भट्टराईनिकट थिए। बाबुरामले माओवादी परित्याग गरेर आफ्नो नेतृत्वमा नयाँ शक्ति पार्टी गठन गरेपछि भने साह उनको साथमा लागेनन्, माओवादीमै बसे। बाबुराम माओवादीमा रहँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचक रहँदै आएका साह त्यसपछि प्रचण्डसँगै नजिकिए। एमाले–माओवादी एकतापछि बनेको नेकपामा पनि उनी प्रचण्डसँगै नजिक थिए।

तत्कालीन प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उनी ओलीविरुद्ध उभिएका थिए। सामाजिक सञ्जालमा उनले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको र जनताको प्रतिनिधि थलो विघटन गर्नु जनताको अपमान भएको उल्लेख गरेका थिए। विघटनलगत्तै नेकपामा ओली एकातिर र प्रचण्ड–माधवकुमार नेपाल अर्कोतिर देखिए। एकले अर्को पक्षलाई निषेध र कारबाही गर्ने शृंखला चल्यो। प्रचण्डले नेकपा अध्यक्षको हैसियतमा अर्का अध्यक्ष ओलीलाई कारबाही गरेर नेपाललाई अध्यक्ष बनाउने निर्णय गराए। तत्कालीन नेकपाभित्रको विवाद यसरी उत्कर्षमा पुगेपछि, खासगरी नेपाललाई अध्यक्ष बनाउने निर्णय भएपछि साहको असन्तुष्टि सुरु भयो। तत्कालीन नेकपाको प्रचण्ड–नेपाल पक्षको पुस ७ गते बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएका साहले बैठक कक्षमा उठेरै नेपाललाई अध्यक्ष बनाउन नहुने बताएका थिए।

तर, उनको विरोधको सुनुवाई भएन। त्यही आक्रोशमा उनी पुस ९ गतेको केन्द्रीय समिति बैठकमा अनुपस्थित भए। भोलिपल्टै (पुस १० गते) उनी एकैपल्ट सहरी विकास मन्त्रीका रुपमा सपथ लिन शीतलनिवास पुगे र ओली क्याबिनेटमा सामेल भए। उनी मन्त्री बन्दा नेकपा ओली र प्रचण्ड–नेपालपक्षमा विभाजित मात्र थियो। समानान्तर गतिविधि तीब्र बनेका थिए, तर पार्टी एउटै थियो। नेकपाको वैधानिकताको लडाइँ निर्वाचन आयोगमा थियो। साह ओलीपक्षका बैठकमा नियमित सहभागी भइरहेका थिए। सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपाका दुई घटक एमाले र माओवादीलाई ब्यूँताइदिएपछि अवस्था साहले सोचेभन्दा भिन्नै हुनथाल्यो।

उनी त्यसपछि एमालेका जम्मा दुईटा केन्द्रीय कमिटी बैठकमा मात्र सहभागी भए। बैठकका निर्णयमा पनि हस्ताक्षर गर्न मानेनन्। आफू नेकपाको निरन्तरता भनेर मात्र ओलीपक्षमा गएको, तर एमाले हुन नसक्ने बताउन थाले। यसबीचमा उनले माओवादीमा फर्कने प्रयत्न पनि गरे, त्यसका लागि नेताहरुलाई भेटे। तर, प्रचण्डबाट सकारात्मक ‘रेस्पोन्स’ नपाएपछि उनी न एमालेमा रहन सक्ने न माओवादीमा फर्कने स्थितिमा पुगे। साहनिकट एक नेता भन्छन्, ‘त्यसपछि उहाँ आफ्नै नेतृत्वमा पार्टी बनाउनुपर्छ भन्ने निष्कर्शमा पुग्नुभो।’
 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  २१:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
‘सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैन’: झक्कु सुवेदी शनिवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको नेपालमा ऐन कार्यान्वयन मापन: महत्त्व, अभ्यास, चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा... शनिबार, साउन १६, २०८३
धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट् सेनालगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी गृहमन्त्री गुरुङले हिन्दु सम्राट् सेना लगायतका आन्दोलनकारी समूहका प्रतिनिधिहरूसँग छलफल अगाडि बढाएको हो । शनिबार, साउन १६, २०८३
कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन शनिबार एक पत्रकार सम्मेलन आयोजना गर्दै डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको जानकारी गराइएको छ । शनिबार, साउन १६, २०८३
ताजा समाचारसबै
दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड शनिबार, साउन १६, २०८३
श्रीलङ्कामा दुई पूर्व अधिकारीलाई मृत्युदण्ड शनिबार, साउन १६, २०८३
श्रद्धाञ्जली दिँदै प्रधानमन्त्रीले भने-‘निर्मल पुर्जाहरूको योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’ शनिबार, साउन १६, २०८३
विश्वविख्यात पर्वतारोही निर्मल पुर्जाको निधन भएको पुष्टि शनिबार, साउन १६, २०८३
‘सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैन’: झक्कु सुवेदी शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु शुक्रबार, साउन १५, २०८३
२१ शाखा अधिकृतको सरुवा (सूचीसहित) शुक्रबार, साउन १५, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, साउन १५, २०८३
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकान्डका मृतकका परिवारले शव बुझेनन्, दबाबमा सहमति गराइएको भन्दै विरोध शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्