• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले छाड्दै प्रभु साह!

64x64
वीरेन्द्र ओली आइतबार, भदौ २७, २०७८  २१:५९
1140x725

काठमाडौं– माओवादी केन्द्र छाडेर नेकपामा एमालेमा लागेपछि सांसद र मन्त्री दुवै पद गुमाएका एमाले केन्द्रीय सदस्य प्रभु साह अन्ततः एमालेमा पनि आफू रहन नसक्ने निचोडमा पुगेका छन्। एमाले र माओवादीबीचको एकताबाट बनेको तत्कालीन नेकपामै रहँदा अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका र सर्वोच्च अदालतको फैसलाबाट नेकपा विघटन भएपछि एमालेमा रहेर ओलीलाई साथ दिएका साह अब ‘वर्तमान एमाले संरचनामा बस्न नसकिने’ निर्णयमा पुगेका हुन्। 

ओलीलाई भेटेर साहले आफूले नेकपाको विचार र सिद्धान्तमा हिँड्न साथ दिएको, तर एमालेकै विचार र सिद्धान्तको निरन्तरता हुने भएमा आफू पार्टीमा नरहने निर्णय सुनाइसकेका छन्। ओलीबाट सकारात्मक जवाफ नआएपछि एमाले नै छाड्ने निष्कर्शमा पुगेको उनीनिकट एक नेताले बताए। 

ओलीसँग असन्तुष्ट बनेपछि एमालेका बैठकहरुमा भाग लिन छाडेका साहले गत साउन ५ गते ‘आईटी आर्मी’ नामको एउटा संगठन बनाएको घोषणा गरेका थिए। त्यो घोषणा कार्यक्रममा पूर्वमाओवादी नेतासहित केही एमाले नेतासमेत सहभागी थिए। ‘सामाजिक विकृति विसंगतिविरुद्ध लड्ने’ भन्दै घोषणा गरिएको त्यो संगठनले प्रदेश २ का आठ जिल्लामा संरचना बनाएको छ। त्यसकै नाममा अहिले प्रदेशभर एमसीसीको विरोधदेखि किसानलाई मल उपलब्ध गराउनुपर्ने भन्दै सडक प्रदर्शन हुन थालेका छन्। ‘हामी एमाले होइनौं। नेकपा हौं। नेकपा भनेरै ओलीपक्षमा गएका हौं। नेकपाको निरन्तरता नहुने भए नयाँ दल खोल्ने हुन सक्छ भनेरै आइटी आर्मीको अभ्यास गरिएको हो’, साहको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘अब हामीले खोल्ने दल संविधान र अहिलेको व्यवस्थाविरोधी नीति लिएर अघि बढ्ने खालको हुनसक्छ, हामी त्यही तयारीमा छौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

यसका लागि संसदबाहिर रहेका कम्युनिस्टहरुसँग मोर्चाबन्दी गर्ने साहको योजना छ। त्यसका लागि उनले छलफलसमेत अघि बढाइसकेका छन्। कम्तीमा तीन महिनाभित्र आफ्नो ने्तृत्वमा पार्टी गठन गर्नेगरी साह अघि बढेको उनीनिकट ती नेताले बताए। तर, साहले आफूले नयाँ पार्टी गठन गर्नलागेको बारे प्रतिक्रिया दिन मानेनन्। ‘अहिले सबै कुरा नभनौं, तपाईंसँग भेटेर सबै कुरा खोल्छु। फोनमा कुरा नगरौं’, काठमाडौंबाहिर रहेका साहले नेपाल लाइभसँग भने। 
साह अहिले प्रदेश २ का जिल्लामा केन्द्रित छन्। उनको प्रयासकै कारण अन्यत्र भन्दा प्रदेश २ मा माओवादीले अलि धेरै नोक्सानी ब्यहोर्नुपरेको छ। 

यसरी पुगे नयाँ पार्टी बनाउने मूडमा 
माओवादीमा रहँदा साह लामो समय बाबुराम भट्टराईनिकट थिए। बाबुरामले माओवादी परित्याग गरेर आफ्नो नेतृत्वमा नयाँ शक्ति पार्टी गठन गरेपछि भने साह उनको साथमा लागेनन्, माओवादीमै बसे। बाबुराम माओवादीमा रहँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचक रहँदै आएका साह त्यसपछि प्रचण्डसँगै नजिकिए। एमाले–माओवादी एकतापछि बनेको नेकपामा पनि उनी प्रचण्डसँगै नजिक थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तत्कालीन प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उनी ओलीविरुद्ध उभिएका थिए। सामाजिक सञ्जालमा उनले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको र जनताको प्रतिनिधि थलो विघटन गर्नु जनताको अपमान भएको उल्लेख गरेका थिए। विघटनलगत्तै नेकपामा ओली एकातिर र प्रचण्ड–माधवकुमार नेपाल अर्कोतिर देखिए। एकले अर्को पक्षलाई निषेध र कारबाही गर्ने शृंखला चल्यो। प्रचण्डले नेकपा अध्यक्षको हैसियतमा अर्का अध्यक्ष ओलीलाई कारबाही गरेर नेपाललाई अध्यक्ष बनाउने निर्णय गराए। तत्कालीन नेकपाभित्रको विवाद यसरी उत्कर्षमा पुगेपछि, खासगरी नेपाललाई अध्यक्ष बनाउने निर्णय भएपछि साहको असन्तुष्टि सुरु भयो। तत्कालीन नेकपाको प्रचण्ड–नेपाल पक्षको पुस ७ गते बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएका साहले बैठक कक्षमा उठेरै नेपाललाई अध्यक्ष बनाउन नहुने बताएका थिए।

तर, उनको विरोधको सुनुवाई भएन। त्यही आक्रोशमा उनी पुस ९ गतेको केन्द्रीय समिति बैठकमा अनुपस्थित भए। भोलिपल्टै (पुस १० गते) उनी एकैपल्ट सहरी विकास मन्त्रीका रुपमा सपथ लिन शीतलनिवास पुगे र ओली क्याबिनेटमा सामेल भए। उनी मन्त्री बन्दा नेकपा ओली र प्रचण्ड–नेपालपक्षमा विभाजित मात्र थियो। समानान्तर गतिविधि तीब्र बनेका थिए, तर पार्टी एउटै थियो। नेकपाको वैधानिकताको लडाइँ निर्वाचन आयोगमा थियो। साह ओलीपक्षका बैठकमा नियमित सहभागी भइरहेका थिए। सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपाका दुई घटक एमाले र माओवादीलाई ब्यूँताइदिएपछि अवस्था साहले सोचेभन्दा भिन्नै हुनथाल्यो।

उनी त्यसपछि एमालेका जम्मा दुईटा केन्द्रीय कमिटी बैठकमा मात्र सहभागी भए। बैठकका निर्णयमा पनि हस्ताक्षर गर्न मानेनन्। आफू नेकपाको निरन्तरता भनेर मात्र ओलीपक्षमा गएको, तर एमाले हुन नसक्ने बताउन थाले। यसबीचमा उनले माओवादीमा फर्कने प्रयत्न पनि गरे, त्यसका लागि नेताहरुलाई भेटे। तर, प्रचण्डबाट सकारात्मक ‘रेस्पोन्स’ नपाएपछि उनी न एमालेमा रहन सक्ने न माओवादीमा फर्कने स्थितिमा पुगे। साहनिकट एक नेता भन्छन्, ‘त्यसपछि उहाँ आफ्नै नेतृत्वमा पार्टी बनाउनुपर्छ भन्ने निष्कर्शमा पुग्नुभो।’
 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  २१:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग कांग्रेसले निर्दोष नागरिकलाई निशाना बनाउने यस्ता हिंसात्मक घटनाले मानवता र मानवीय मूल्य मान्यतामाथि प्रहार गरेको जनाएको छ। शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै लामिछानेको निजी सचिवालयका अनुसार उनी  आजदेखि भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा उनले परिवारसहित उत्तराखण्डको नैनीतालस्थित... शुक्रबार, कात्तिक ६, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै शुक्रबार, कात्तिक ६, २०८३
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्