काठमाडौं– लेखक शिव बस्यालको उपन्यास ‘बिस्मिता’ सार्वजनिक भएको छ।
शनिबार सर्वनाम थिएटर आयोजित कार्यक्रममा आख्यानकार राजन मुकारुङ, कवि हरिमाया भेटवाल र वन्दना ढकालले संयुक्तरुपमा उपन्यास सार्वजनिक गरे।
पुस्तकमाथि टिप्पणी गर्दै मुकारुङले वर्तमान 8को मानवीय संवेदनालाई उपन्यासले समेटेको बताए।
‘अहिले हामीलाई डिजिटल दुनियाँले दिमाग नष्ट पार्दै हाम्रो संवेदनालाई पनि कमजोर बनाएको छ’, उनले भने ‘यस मनोविज्ञानलाई लेखकले उपन्यासमा प्रस्तुत गरेका छन् ।’
सूचना–प्रविधिको प्रभावले 8, राजनीति र परिवारबाट अलग्गिँदै गएको पात्रको मनोरोगलाई लेखकले सचेचतापूर्वक देखाएको पनि उनले बताए।
अर्की वक्ता भेटवालले प्रेमको अन्योलमा रुमलिएको अहिलेको पुस्ताको मनोविज्ञानलाई उपन्यासले उजागर गरेको बताइन्।
‘साइबर प्रेमको प्रयोग भए पनि प्रेमलाई हल्का रुपमा लिएका छन् पात्रले’, उनले भनिन्, ‘अहिलेको नयाँ पुस्तामा ठ्याक्कै यही अवस्था देखिन्छ।’
लेखक ढकालले युवा पुस्ताले पढ्ने खालको उपन्यास आएको बताइन्।
प्रवासमा रहेर साहित्यमा क्रियाशील बस्यालको यो पहिलो कृति हो। उपन्यास इन्डिगो इन्कले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।