काठमाडौं– गायिका इन्दिरा जोशीले नयाँ गीत ‘रेलीमाई’ लिएर आएकी छन्।
प्रतीक पौडेलको शब्द तथा संगीत रहेको गीतमा इन्दिरालाई अर्जुन पाण्डेले साथ दिएका छन्। संगीत संयोजन भने रिकेश गुरुङले गरेका हुन्।
गीतको म्युजिक भिडियोमा गायिका जोशी र गायक पाण्डेको अभिनय छ। भिडियो प्रवीण सिंहको निर्देशन र निशान घिमिरेको सम्पादनमा तयार भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।