काठमाडौं– १०औं गणतन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च, टुँडिखेलमा औपचारिक कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकारका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गराइनुका साथै गणतन्त्र दिवस लेखिएको झण्डा समेत फहराइएको थियो।
नेपाल बहुभाषिक तथा बहुसांस्कृतिक मुुलुक रहेको प्रष्ट हुनेगरी विभिन्न जातजातीको भेषभुषा तथा कला संस्कृति झल्किने झाँकी, लाखेनाच, बाजागाजासहितको नृत्य लगायतको प्रस्तुतिले टुँडिखेलको माहोलमा रौनकता थपेको थियो।
कार्यक्रममा विभिन्न कृषि उपज, पशुचौपायाको संकेत झल्किने सामाग्रीले कलात्मक तरिकाबाट सजाइएको सवारी प्रदर्शन गरिएको थियो।
विविध क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुनेगरि विभिन्न संघसंस्था तथा समुदायले कार्यक्रममा सहभागिता जनाएका थिए।
नेपाल सरकारको आयोजनामा भएको सो औपचारिक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री कपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कायममुकायम प्रधानन्यायाधीश दिपकुमार जोशी, संवैधानिक निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा अंगका प्रमुखहरुलगायतको उपस्थिती रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।