भक्तपुर– करणी गरी फरार भएको अभियोगमा भक्तपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
भक्तपुरकी एक महिलालाई करणी गरेको अभियोगमा प्रहरीले ललितपुर महालक्ष्मी नपा–७ बस्ने विक्रम बस्नेतलाई शुक्रबार भक्तपुरबाटै पक्राउ गरेको हो।
बस्नेतले गत पुस ५ गते सूर्यबिनायक–९ नंखेलस्थित सिटीगाँउ रिसोर्टमा लगेर ती महिलालाई करणी गरी फरार रहेकामा आज उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।
पक्राउ परेपछि बस्नेतले सहमतिमै सम्बन्ध राखेको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।