काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान संशोधन नगरे सरकार विरुद्ध कडा आन्दोलन थाल्ने चेतावनी दिएको छ।
सरकारलाई समर्थन दिएको राजपाका सांसद बृशेषचन्द्र लालले संविधान संशोधन नगरे सरकार विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन्। राष्ट्रियसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद लालले संविधान संशोधन गर्नुपर्ने आफूहरुको माग सम्बोधन नगरे मधेसका जनतालाई सह्य नहुने पनि बताए।
उनले मधेसमाथि विभेद हुनेगरी सरकारले नीति तथा कार्यक्रम ल्याएकाले आफूहरुले विरोध गर्नुपरेको बताए।
त्यसैगरी संघीय 8वादी फोरमकी सांसद प्रमिला कुमारीले पनि संविधान संशोधन गर्ने आफूहरुको अडान नीति तथा कार्यक्रममा समावेश गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन्। उनले तराई, मधेसको विकासका लागि विशेष आर्थिक कार्यक्रम ल्याउन पनि सरकारसँग माग गरिन्।
उनले सरकारको नीति तथा कार्यक्रमले संघीयतालाई आत्मसात् गर्न नसकेको आरोप पनि लगाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।