काठमाडौं– जेठ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म फिल्म 'अमेरिका बोइज'को रोमान्टिक गीत सार्वजनिक भएको छ। ‘मेरो ध्यानै तिमीमा’ बोलको गीतमा अभिनेता अर्पण थापाको रोमान्टिक नृत्य देख्न सकिन्छ।
सार्वजनिक गीतमा अर्पणसँगै अभय बराल, आशिष प्रसाई र सृष्टि कार्की पनि एकसाथ देखिएका छन्। गीतमा जयन जे वाइबाको संगीत तथा जयनका साथ रोशन थापा, सुरजसिंह ठकुरीको स्वर छ।
प्रवेश पौडेलको निर्देशनमा तयार भएको फिल्ममा अन्य कलाकारहरुमा सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरसिया, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुभाष गजुरेल, राजु खरेल, मनिष राउत लगायत छन्।
विवेक पाण्डेको कथा, पटकथा र संवाद रहेको फिल्मलाई आलोक शुक्लाले खिचेको हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।