काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीको प्रतिनिधि तथा राष्ट्रियसभा सदस्यहरुको संयुक्त बैठक बालुवाटारमा बस्ने भएको छ।
संघीय संसदमा नेकपाबाट प्रतिनिधित्व गर्ने सांसदहरुको संयुक्त बैठक पहिलोपटक दिउँसो २:३० बजे बालुवाटारमा बस्ने भएको हो।
सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन र आगामी बजेटका विषयमा छलफल गर्न संयुक्त बैठक बस्न लागेको नेकपाका केन्द्रीय सदस्य विरोध खतिवडाले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।