काठमाडौं– फिल्म ‘कुम्भ करण’को ट्रेलर सार्वजनिक भएको छ।
दीपक वली निर्देशित फिल्ममा अभिनेत्री निशा अधिकारी, गौरव पहारी, भोलाराज सापकोटा, अभय बराल लगायतलाई विद्यालयका शिक्षकका रुपमा देख्न सकिन्छ। निशा अंग्रेजी शिक्षिकाका रुपमा देखिएकी छन्।
फिल्मका अन्य कलाकारमा आकाश पल, प्रमोद अग्रहरी, कमल गाउँले, सदभाव थापा लगायत रहेका छन्।
‘कुम्भ करण’ आगामी असार २२ गतेबाट प्रदर्शनमा आउनेछ।
फिल्मको ट्रेलर-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।