काठमाडौं– नेपाल चलचित्र नृत्य संघको अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार भएको संघको दोस्रो महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन्।
संघको वरिष्ठ उपाध्यक्षमा गोविन्द प्रभात, प्रथम उपाध्यक्षमा जनक कार्की, द्वितीय उपाध्यक्षमा दीपक श्रेष्ठ र महासचिवमा महेश गोदार निर्वाचित भएका छन्। यस्तै, सचिवमा दीपेन्द्र तिमल्सिना, सह-सचिवमा लिलाधर भट्टराई, कोषाध्यक्षमा गोपाल अधिकारी, सह–कोषाध्यक्षमा नारायण रिजाल चयन भए।
नवराज रिजाल, शिव विक, सोमबहादुर तामाङ, गम्भीर विष्ट, दीपक तामाङ, देवराज सापकोटा, अजय स्यङ्तान, सुरेन्द्र बसेल, हरि अधिकारी, दीक्षा पाख्रिन, अनिता रुम्बा, तुलसा पहाडी लगायत सदस्य चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफू नृत्य क्षेत्रको बृहत्तर विकासमा लागिपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।