काठमाडौं– चरेश तस्करहरुले महिलाहरुलाई प्रयोग गरी लागूऔषध तस्करी गर्न थालेका छन्। मकवानपुर प्रहरीले २ महिलालाई चरेशसहित पक्राउ गरेको छ।
शुक्रबार जिप्रका मकवानपुर र प्रहरी चौकी चौकिकोलबाट खटिएको प्रहरीले हेटौंडामा १० केजी चरेशसहित २ महिलालाई पक्राउ गरेको हो।
पालुङबाट हेटौंठातर्फ जाँदै गरकेो बा ३ ख २८३१ नम्बरको गाडीलाई चेकजाँच गर्ने क्रममा ५५ वर्षिय उमादेवी पटेल र ३५ वर्षिय आशादेवी पटेललाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले कम्मर र तिघ्रामा बाँधेर चरेश तस्करी प्रयास गरेका थिए।
महिलाहरुमाथि प्रहरीको कम शंका हुने भएकाले तस्करहरुले उनीहरुलाई चरेश ओसारपसारमा प्रयोग गरेको हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन। केही पैसा दिएर उनीहरुलाई चरेश तस्करीमा प्रयोग गरिएको थियो। गिरोहका नाइकेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।