काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीले कोरेको गोरेटो अनुसार नै आजको ऐतिहासिक दिनमा पार्टी एकता हुँदै गरेको बताएका छन्।
२५औं मदन-आश्रित स्मृति दिवसमा बल्खु मदननगरमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै अध्यक्ष ओलीले भने, 'आज ५० साल होइन, ७५ साल हो। उहाँको निधन भएको २५ वर्ष बितेका छन्। तर, उहाँले जुन बाटो लिनुभएको थियो, त्यो सानो गोरेटो आज सिक्स लेनको बाटो बनेको छ।' ओलीले मदन भण्डारीले लिएको बाटो असाधारण र सही साबित भएको बताए।
ओलीले आजै संयुक्त केन्द्रीय समितिको बैठक बस्दै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुने जानकारी दिए। उनले भने,‘यो सधैँजस्तो दर्ता गरेको होइन। यो त नेपालको भविष्यको संकेतको दर्ता गर्दैछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।