एजेन्सी- आगामी महिना रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगिता लागि पाँच पटकको विजेता ब्राजिलले २३ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ।
टिममा डानिलो, टाइसन र नेइमारले पुनरागमन गरेका छन्। नेइमार घाइते भएका कारण विश्वकपमा उपलब्ध हुनेमा शंक थियो। यता राइट ब्याक डानी अल्भेसले भने चोटका कारण विश्वकप गुमाए।
विश्वकपअघि ब्राजिलले जुन ३ मा क्रोएसियासँग लिभरपुलमा मैत्रीपूर्ण खेल खेल्नेछ। यस्तै जुन १० मा ब्राजिलले अस्ट्रियाको घरेलु मैदानमा अर्को मैत्रीपूर्ण खेल खेल्नेछ। लगत्तै जुन ११ मा ब्राजिलियन टिम रसिया प्रस्थान गर्नेछ।
ब्राजिल विश्वकपमा समूह 'ई' मा छ। समूहमा ब्राजिलसँगै स्विट्जरल्यान्ड, कोस्टारिका र सर्विया छन्। ब्राजिलले पहिलो खेल जुन १७ मा स्विट्जरल्यान्डसँग खेल्नेछ।
विश्वकप खेल्ने ब्राजिलियन टिम
गोलकिपर - एलिस्सन (रोमा), इडेर्सन (म्यानचेस्टर सिटी), कासियो (कोरिनथिएन्स)
फुल ब्याक - मार्सेलो (रियल म्याड्रिड), डानिलो (म्यानचेस्टर सिटी), फिलिप लुइस (एट्लेटिको म्याड्रिड), फाग्नेर (कोरिनथिएन्स)
सेन्टर ब्याक - मार्क्यूनोस (पिएसजी), थियागो सिल्भा (पिएसजी), मिरान्डा (इन्टर मिलान), पेड्रो जेरोमेल, (ग्रिमियो)
मिडफिल्डर - विलियम (चेल्सी), फर्डिनान्डो (म्यानचेस्टर सिटी), पाउलिन्हो (बार्सिलोना), कासेमिरो (रियल म्याड्रिड), काउटिन्हो (बार्सिलोना), रेनाटो अगुस्टो (बेइजिङ गुअन), फ्रेड (शख्तर)
फरवार्ड - नेइमार (पिएसजी), गाब्रियल जेसस (म्यानचेस्टर सिटी), रोबर्टो फिर्मिनो (लिभरपुल), डाउलास कोस्ट (युभेन्टस), टाइसन (शख्तर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।