काठमाडौं– नक्कली फेसबुक आईडी बनाएर आफन्तहरुको बारेमा जभाभावी पोष्ट गर्ने मकवानपुर भिमफेदीकी ३६ वर्षिय धनलक्ष्मी थिङ पक्राउ परेकी छिन्। महानगरीय अपराध महाशाखाले उनलाई आइतबार पक्राउ गरेको हो।
आफन्तहरुसँग रिसिइवी साध्न फेसबुकको सहायता लिएकी थिइन्। आफन्तको उजुरीपछि प्रहरीले अनुसन्धान गरी उनलाई पक्राउ गरेको हो। विद्युतीय कारोबार ऐनअनुसार उनीविरुद्ध मुद्दा अघि बढेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।