काठमाडौं– बसन्तपुरमा चेकिङ गर्ने क्रममा गोलीसहित प्रहरीले ५ किशोरलाई पक्राउ गरेको छ।
सानो पशुपतिमन्दिर नजिकबाट ताप्लेजुङ घर भई डल्लु बस्ने १५ वर्षीय पुजन लिम्बु र उनका साथीहरु रसुवा घर भई ढल्कु बस्ने १५ वर्षीय संगम तामाङ, काभ्रे घर भएका १४ वर्षीय रितेश तामाङ, चितवन घर भएका १६ वर्षीय रोहित तामाङ र धादिङ घर भएका १५ वर्षीय प्रसान्त रन्जितकारलाई प्रहरीले बिहीबार राति ९एमएम पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली सहित पक्राउ गरेको छ।
उनीहरु क्याटरिङमा काम गर्ने व्यक्तिहरु भएको र गोलीबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी टेकुनन्द लिम्बुले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।