काठमाडाैं- तारे हाेटलका रुम पनि क्वारेन्टाइनका लागि दिन हाेटल व्यवसायी सहमत भएमा छन्। काेठा दिन तयार भएका व्यवसायीले यसअघि निर्धारण गरेकाे मूल्य पनि परिमार्जन गर्दै सस्ताे बनाउने भएका छन्।
उच्चस्तरीय समितिको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सस्तो बनाउन आग्रह गरेपछि व्यवसायीले तारे होटलहरुले मूल्य घटाउने अवस्थामा पुगेका हुन्।
होटल एसोसिएन अफ नेपाल (हान)ले यसअघि तोकिएको मूल्यमा तलमाथि भएकाे जनाएकाे छ। यसअघि पर्यटकीय हाेटल र तारेहाेटलकाे रूम ३ हजारदेखि १६ हजार रूपैयाँ तय गरेका व्यवसायीले अहिले चारतारे होटलको एक बेड भएको रुमका लागि ८ हजार र दुई बेड भएको रुमका लागि प्रति बेड ५ हजार ५०० रुपैयाँ ताेकेका छन्। यसैगरी तीनतारे होटलमा एक्लै बस्न चाहनेका लागि ६ हजार र २ जना बस्न चाहेनका लागि प्रतिव्यक्ति ३ हजार ५०० निर्धारण भएकाे हानले जनाएकाे छ।
यसैगरी दुईतारे हाेटलमा एक्लै बस्न चाहेका लागि ५ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ तय भएकाे छ। यसमा चार पटकसम्मकाे खाना र खाजा पनि समावेश हुनेछ।
एकतारेका हकमा भने एक्लै बस्न चाहेनेको लागि ४ हजार र दुई जना बस्दा प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ छ। साथै पर्यटकीय स्तरका होटलहरुको हकमा एक्लैको लागि ३ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ निर्धारण गरिएको भएकाे छ। याे मूल्यमाकर समेत जाडिएकाे हानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।