काठमाडौं– नेपाली फिल्म लम्फुको ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
बैशाख २८ बाट नेपालभरि प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा समाजमा बेरोजगार युवा-युवतिको कथालाई देखाइएको छ। ट्रेलरमा, अभिनेता सलोन बस्नेत, कबिर खड्का, अभिनेत्री मरिस्का पोख्रेल मुख्य भूमिकामा छन्।
कुसुम श्रेष्ठ (तरकारीवाली) को पनि अभिनय रहेको फिल्मको ट्रेलरमा कुसुमको भूमिकालाई भने निकै छोट्याएर प्रस्तुत गरिएको छ।
गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार भएको ‘लम्फु’मा चाँदनी शर्मा, सञ्जित भण्डारी, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, कुशाग्र भट्टराई (बालकलाकार), काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, थमन सिंह लगायतको अभिनय छ।
भूपतिको लेखनमा बनेको फिल्ममा दीपक बज्राचार्यको छायांकन छ भने हरि सिलवालले सम्पादन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।