काठमाडौं- चर्चित टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को ट्रेलर सार्वजनिक भएको छ।
९ वर्ष लगाएर लेखिएको थारुको उपन्यासले सामाजिक अन्यायमा परेका व्यक्तिहरु कसरी हिंसात्मक विद्रोहमा उत्रिन्छन् र त्यसले कसरी प्रतिहिंसाको शृंखला जन्माउँछ भन्ने देखाउन खोजेको छ।
ट्रेलरको स्क्रिप्ट र निर्देशन लेखक स्वयंको हो। ट्रेलरमा सबिर चुरौटे, कमल देवकोटा र झकेन बिसीको अभिनय छ।
उपन्यासको आवरण चैत्र ५ मा सार्वजनिक गरिएको थियो। उपन्यासको विमोचन चैत २९ मा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।