काठमाडौं- बृज सिमेन्ट इन्डस्ट्रिज प्रालि तथा पुष्पतारा केडिया फाउन्डेसनको संयुक्त प्रयासमा मिरा हिमालय नामक संस्थासँग ३ वर्षका लागि सम्झौता भएको छ।
केडिया अर्गनाईजेसनको सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको विकट हिमाली जल्लाहरुमा निःशुल्क औषधि, प्राथमिक उपचार, शुलभ शिक्षा प्रदानका लागि मिरा हिमालयसँग सम्झौता भएको हो।
सम्झौतापत्रमा पुष्पतारा केडिया फाउन्डेसनका अध्यक्ष मनोज केडिया र मिरा हिमालयका तर्फबाट एड्रिन हायसले हस्ताक्षर गरेका छन्।
मिरा हिमालयले २०७२ को भूकम्पपछि हिमाली जिल्लामा काम गर्दै आएको छ।
सम्झौतापत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा अध्यक्ष मनोज केडियाले केडिया अर्गनाइजेसनले नेपालको विकास तथा समृद्धिको दिशामा सानो अंशमा भए पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्ति गरे। उनले सम्झौताअनुसार मिरा हिमालयललाई वार्षिक ५ लाख रुपैयाँ पुष्पतारा केडिया फाउन्डेसनले प्रदान गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।