काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ९० रनको लक्ष्य दिएको छ।
जिम्बावेको क्वेक्वे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ८९ रन जोड्यो।
नेदरल्यान्ड्सका लागि बास डे लिडीले सवैभन्दा बढी ३९ रन जोडे। उनले ९१ बल खेल्दा ४ चौका प्रहार गरे। उनलाई सोमपाल कामीले विकेटकिपर अनिलकुमार साहबाट स्टम्टपिन गराए।
यस्तै यस्तै भान डेर मेर्वे र स्कट इडवार्डलाई ललित राजवंशीले आउट गरे। दुवैले समान २५–२५ रन बटुले। यस्तै ओपनिङ ब्याट्सम्यान म्याक्स ओडोडलाई सन्दीप लामिछानले २८ रन बनाएर खेलिरहदा बोल्ड गरे।
नेदरल्यान्डका पिटर सिलारलाई शक्ति गौचनले अन्तिम ओभरमा २३ रनमा आउट गरे। सेन स्नटरले नआउट २३ रन बटुले।
बलिङतर्फ सोमपाल कामीले ४ विकेट लिए। उनले नेदरल्यान्डका सुरुवती ३ विकेट लिएपछि नेपाल हाबी भनेको थियो। सोमपालले वेस्ले वारेसी र वेन कुपरलाई शून्य रनमा आउट गर्दा कप्तान पिटर बोरेनलाई ७ रनमा पेभिलियन फर्काए। योसँगै सोमपल 'लिस्ट ए' को खेलमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन्। सोमपालले ३९ खेलमा खेल्दै ५० विकेट पूरा गरेका हुन्।
यस्तै सन्दीप लामिछाने र ललित राजवंशीले २–२ विकेट हात पार्दा शक्ति गौचनको नाममा १ विकेट रह्यो। यसअघिका खेलमा मौका नपाएक शक्तिले बसन्त रेग्मीको स्थानमा खेलेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।