मुम्बई (एजेन्सी)– अभिनेता इरफान खानले ट्विटमार्फत आफ्नो रोगको जानकारी दिएका छन्। केही समयअघि आफ्नो स्वास्थ्यको विषयमा अनावश्यक हल्ला चलेपछि उनले आफैले यसको जानकारी दिएका हुन्।
इरफानका अनुसार उनलाई न्युरो इन्डोक्राइन ट्युमर भएको छ। उनले उपचारका लागि छिट्टै विदेश जाने बताएका छन्। उनले आफ्नो लागि प्रार्थना गर्न पनि सबैसँग आग्रह गरेका छन्।
केही समयअघि इरफानले ट्विटमा लेखेका थिए, ‘कुनै एक दिन तपाई विहान उठ्नु हुन्छ र अचानक तपाईलाई थाहा हुन्छ, जीवन ठिक ढंगले चलेको छैन्। यतिबेला स्तब्ध हुनु स्वभाविक हो। पछिल्लो केही समयदेखि मेरो जीवन पनि रहस्यमय कहानी बनेको छ। मलाई थाहा थिएन, दुर्लभ कहानीको खोजी गर्दा गर्दै आफैले दुर्लभ विरामीको सामना गर्छु भनेर।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।