काठमाडौं- केही दिनयता प्रधानन्यायाधीश र न्यायाधीशहरुको विवादका कारण बिथोलिएको सर्वोच्च अदालतमा आजबाट इजलास सुरु भएको छ।
वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कायम मुकायम प्रधानन्यायाधीशको पदभार सम्हालेर मुद्दाको पेशी तोकेसँगै इजलास सञ्चालन भएको हो। आजका लागि तोकिएका १० वटा इजलासमा क्रमश: मुद्दाको बहस हुनेछ।
कायममुकायम प्रधानन्यायाधीश जोशीले आजका लागि आफ्नो एकल इजलाससहित १० वटा इजलास तोकेका छन्। बुधबार पाँच दिन बिदा बस्ने भन्दै निवेदन दिएका आठसहित सबै न्यायाधीश सर्वोच्च आएका छन्।
न्याय परिषद् सचिवालयले बुधबार प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अवकाश पत्र थमाएपछि अन्यौल रहिरहँदा सोही पत्रको आधारमा सर्वोच्च प्रशासनले जोशीलाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।