काठमाडौं– निर्माता तथा निर्देशक विकासराज आचार्यको फिल्म 'नाइँ नभन्नु ल ५' को निर्माण तयारी भइरहँदा यतिबेला कलाकारहरुको छनोट धमाधम भइरहेको छ।
फिल्म निर्माण युनिटले केही कलाकारको भने टुंगो लगाइसकेको छ। फिल्ममा अभिनेत्री प्रियंका कार्की र स्वस्तिमा खड्का मुख्य भूमिकामा अनुबन्धित भएका छन्। प्रियंका स्वस्तिमाकी आमाको भूमिकामा देखिने बताइएको छ। फिल्ममा अभिनेता दिलीप रायमाझी प्रियंकाको अपोजिट रोलमा छानिएका छन्।
'नाइँ नभन्नु ल'को अघिल्ला सिरिजका पुराना कलाकारसहित केही अग्रज र बालकलाकारलाई लिएर फिल्म चैतको अन्तिम साताबाट छायांकनमा जान सक्ने निर्माता तथा निर्देशक आचार्यको आकलन छ।
भदौ ८ गते रिलिज गर्नेगरी फिल्मको काम अघि बढाउने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।