काठमाडौं– फिल्म ‘नेप्टे’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्म निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो।
नायक रोहित रुम्बा र नायीका छुल्ठिम गुरुङ्गको रोमान्समा दयाहाङ राई भिलेनका रुपमा देखिएका छन्। कमेडी सम्वादले भरिपुर्ण ट्रेलरमा दयाहाङसगैं, रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, ए गुरुङ, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।
फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन्। किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्मलाई रोहित स्वयंमले लेखेका हुन्।
रोहित रुम्बाकै निर्माणमा बनेको ‘नेप्टे’लाई हरी घले लामाले छायांकन गरेका हुन्।
फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ। यही चैत ३० गतेबाट प्रर्दशनमा आउन लागेको ‘नेप्टे’ फिल्म लिलिबिलीसँगै एकसाथ रिलिज हुने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।