काठमाडौं– बानेश्वरस्थित ग्लोबल कलेजले हरेक वर्ष आयोजना गर्दै आएको कविता प्रतियोगिताको साहित्यिक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ। शुक्रबारका आयोजित कविता प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत १ सयभन्दा बढी छात्रछात्रा कविले सहभागिता जनाए। जसमध्ये २२ जना उत्कृष्ट कविहरूले अन्तिम चरणका लागि कविता वाचन गर्ने अवसर पाएका थिए।
प्रतियोगितामा विराज ढुङ्गानाले प्रथम स्थान, विशाल पाण्डेले द्वितीय, नवीन गिरीले तृतीय तथा रेजिना बस्नेत र हरि शाह तेलीले सान्त्वना स्थान प्राप्त गरे। प्रतियोगिताका विजयीहरूलाई नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगितामा कवि नवराज पराजुली, कवि सुभाषचन्द्र भण्डारी र भावेशकुमार लाभले निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्याक्रममा युवा गजलकार कमल ‘सङ्घर्ष’ले पनि गजल वाचन गरेका थिए।
पुरस्कार वितरणका क्रममा अतिरिक्त क्रियाकलापअन्तर्गत कलेजले आयोजना गरेको चित्रकला प्रतियोगिता, समाचार पत्र निर्माण प्रतियोगिता, सिर्जनात्मक पुस्तक निर्माण प्रतियोगिता र प्रतिवेदन लेखन प्रतियोगिताका विजयी छात्रछात्राहरूलाई समेत नगद, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।